Platted Hairstyles For Women
The basic purpose of any hairstyle should be to add liveliness and create an effect.
www.lastsee.com

my life


Tags : life

गजल

 

-भिष्म दर्नाल
मधुर ज्योति छर्दै  बत्ती आफै बल्दै गयो
बित्दो समय संगै नश्वर चोला गल्दै गयो
अनन्तता सबैमा छ सधै भरि जिउनु पर्ने
पल-पल क्षण गर्दै उमेर पनि गल्दै गयो 
कहाा रहेछ र समानता सुख-दुःख बराबरी 
हुनेलाई चैन सधंै, दुःखीको मन जल्दै गयो
भोली देख्न सकिन्न हिजो कसले फर्काउने
वर्तमान सुख-दुःख एकै नास चल्दै गयो ।। 
झापा
हाल-पेनाङ, ०१६४०११७९०

                             -भिष्म दर्नाल

 

मधुर ज्योति छर्दै  बत्ती आफै बल्दै गयो

बित्दो समय संगै नश्वर चोला गल्दै गयो

 

अनन्तता सबैमा छ सधै भरि जिउनु पर्ने

पल-पल क्षण गर्दै उमेर पनि गल्दै गयो 

 

कहाा रहेछ र समानता सुख-दुःख बराबरी

 हुनेलाई चैन सधंै, दुःखीको मन जल्दै गयो

 

भोली देख्न सकिन्न हिजो कसले फर्काउने

वर्तमान सुख-दुःख एकै नास चल्दै गयो ।।

 

                                             झापा

                                              हाल-पेनाङ, ०१६४०११७९०


Related posts :
गजल
गजल

Tags : गजल

गजल

 

बि. पि. बैरागी
कन्चनपुर
हालः पेनाङ
द्वन्द चक्र्यो देश भित्र प्रदेशको बास हजुर
पुर्खा सबै स्वतन्त्र थिए हामी दास हजुर
रक्तरन्जित आमाको मुहार रुदै थियो
देखेर निर्दोषहरुको त्यो लास हजुर
बिदेशमा पैसा फल्दैन बोटमा, जानौं
दिनरातको खटाई बन्द भो सास हजुर
बिलाशीतामा जिउने रहर सबैको
कुलतमा हिड्नेलाई जुवा तास हजुर ।

                             बि. पि. बैरागी

                                      

द्वन्द चक्र्यो देश भित्र प्रदेशको बास हजुर

पुर्खा सबै स्वतन्त्र थिए हामी दास हजुर

 

रक्तरन्जित आमाको मुहार रुदै थियो

देखेर निर्दोषहरुको त्यो लास हजुर

 

बिदेशमा पैसा फल्दैन बोटमा,जानौं

दिनरातको खटाई बन्द भो सास हजुर

 

 

बिलाशीतामा जिउने रहर सबैको

कुलतमा हिड्नेलाई जुवा तास हजुर ।

 

 

 कन्चनपुर

हालः पेनाङ

 


Related posts :
गजल
गजल

Tags : गजल

लिम्बु गीत

 

धनकुमार चोङबाङ्ग लिम्बु
आनी फुनुसा माङघा लाजे ओ
-थिवा थिक्कुम थुमारे एगाङ आपोक्से )२
आनी फुनुसा माङघा लाजे ओ
चुम्लुङ चोगिरो माङसेवा चोगिरो
-सिक्कुम निङ्वा तङसुम्माङ थाङ-थाङ पोगिरो )२
आनी फुनुसा माङघा लाजे ओ
साप्ला निरुम्लो सक्-सक् निरुम्लो
-खेने इङगा लमारे लाजे मेगेरो )२
आनी फुनुसा माङघा लाजे ओ
ताम्फेम्बा लाम्गेन नातुम्मेन
नुवा लाम्मे ओ लाङघेगीरो
-हुक्सो लाङसो तङसुमाङ तगी पोगीरो )२
आनी फुनुसा माङघा लाजे ओ ।।
थुकिमा -४, ताप्लेजोङ
हाल -मलेसिया

                                धनकुमार चोङबाङ्ग लिम्बु

 

आनी फुनुसा माङघा लाजे ओ

-थिवा थिक्कुम थुमारे एगाङ आपोक्से )२

आनी फुनुसा माङघा लाजे ओ


चुम्लुङ चोगिरो माङसेवा चोगिरो

-सिक्कुम निङ्वा तङसुम्माङ थाङ-थाङ पोगिरो )२

आनी फुनुसा माङघा लाजे ओ
साप्ला निरुम्लो सक्-सक् निरुम्लो

-खेने इङगा लमारे लाजे मेगेरो )२

आनी फुनुसा माङघा लाजे ओ


ताम्फेम्बा लाम्गेन नातुम्मेन

नुवा लाम्मे ओ लाङघेगीरो-

हुक्सो लाङसो तङसुमाङ तगी पोगीरो )२

आनी फुनुसा माङघा लाजे ओ ।।


थुकिमा -४, ताप्लेजोङ

हाल -मलेसिया


Tags : लिम्बु - गीत

~मुक्तक~

 

मनु लोहोरुङ
इजरायल

                            मनु लोहोरुङ

                                       

बिरानो शहरमा केवल रहर बोकेर आएछु
आशाको झोली भित्र कहर बोकेर आएछु
पानीको बाफ झैं पसिनाको मोल उड्दा,
लाग्दैछ केवल रित्तो ठहर बोकेर आएछु 

 

 

                                        शितलपाटी-६ 

                                         संखुवासभा

                                     हाल:- इजरायल

 


Tags : मुक्तक

गजल

 

-गणेश महतरा हिमाली
आाशु नै आाशुको सागर बिचमा बाचीरहेको छु म 
पिडा नै पिडा भरीएको संसार माथि नाचीरहेको छु म
मन भित्रको अदृश्य घाउ दुखाउदै भए पनि
पवित्र प्रेमका कासेलीहरु साचीरहेको छु म
क्षितिज पारीबाट चिहाएर हेर्नु मलाई तिमी
भेट्न आउने गोरेटाका बारहरु भाचीरहेको छु म
प्रतीक्षाको घडी लामो हुन्छ, तर धर्य गरी बस
समर्पित तिमीमा यो मन आफै जाचीरहेको छु म 
-संखुवासभा 
हाल- उदाउदोतारा साहित्य समाज, पेनाङ्ग, मलेशिया
 

-गणेश महतरा हिमाली

आाशु नै आाशुको सागर बिचमा बाचीरहेको छु म

 पिडा नै पिडा भरीएको संसार माथि नाचीरहेको छु म


मन भित्रको अदृश्य घाउ दुखाउदै भए पनि

पवित्र प्रेमका कासेलीहरु साचीरहेको छु म


क्षितिज पारीबाट चिहाएर हेर्नु मलाई तिमी

भेट्न आउने गोरेटाका बारहरु भाचीरहेको छु म


प्रतीक्षाको घडी लामो हुन्छ, तर धर्य गरी बस

समर्पित तिमीमा यो मन आफै जाचीरहेको छु म 


-संखुवासभा 

हाल- उदाउदोतारा साहित्य समाज, पेनाङ्ग, मलेशिया

 

 


Related posts :
गजल
गजल

Tags : गजल

गजल

 

-कृष्ण आलोक 
कति गर्नु मजदुरी साला प्रदेशमा
जे गरे नि पाईदैन माला प्रदेशमा
रगत र पसिना सबै यही बिलिन भा'छ
जवानी, जोस, जिन्दगी नै जाला प्रदेशमा
किन होला मजदुरलाई सबैको हेला मात्र
यस्तै हो की दुनियाको चाला प्रदेशमा
तनै सुकिसक्यो सबै परायाको कारण
बाकी रह्यो अब हड्डी छाला प्रदेशमा
-तग्राम-९, फापरखेत, बागलुङ्ग
हाल- उदाउदोतारा साहित्य समाज, पेनाङ्ग, मलेशिया

-कृष्ण आलोक

 कति गर्नु मजदुरी साला प्रदेशमा

जे गरे नि पाईदैन माला प्रदेशमा

 

रगत र पसिना सबै यही बिलिन भा'छ

जवानी, जोस, जिन्दगी नै जाला प्रदेशमा

 

किन होला मजदुरलाई सबैको हेला मात्र

यस्तै हो की दुनियाको चाला प्रदेशमा

 

तनै सुकिसक्यो सबै परायाको कारण

बाकी रह्यो अब हड्डी छाला प्रदेशमा

 

-तग्राम-९, फापरखेत, बागलुङ्ग

हाल- उदाउदोतारा साहित्य समाज, पेनाङ्ग, मलेशिया

 


Related posts :
गजल

Tags : गजल

केही हाइकुहरु

 

-जीतमान राई 'सबिन'
१.
विरही धुन
एकान्त देउराली
बिरोधाभास ।
२.
जीवन गीत
मृत्युमय याममा
तितो मिलन ।
३.
फूल चडाए 
बगैचा शुन्य-शुन्य
मिठो भुल त्यो ।
४.
सेताम्मे हिउ
जुन फूल सिउरी 
कपाल भरी ।
५।
मरुभुमीमा
जिउन खोज्नेहरु
मृत्युवरण ।
६।
घाम र पानि
वर्षा यामको दिन
स्यालको बिहे ।
लक्ष्मीपुर-५, नमुनाबस्ती, ईलाम
हाल ः पेनाङ, मलेसिया ।

-जीतमान राई 'सबिन'

१.विरही धुन

एकान्त देउराली

बिरोधाभास ।

 

२.जीवन गीत

मृत्युमय याममा

तितो मिलन ।

 

३.फूल चडाए 

बगैचा शुन्य-शुन्य

मिठो भुल त्यो ।

 

४.सेताम्मे हिउ

जुन फूल सिउरी 

कपाल भरी ।


५. मरुभुमीमा

जिउन खोज्नेहरु

मृत्युवरण ।

 

६. घाम र पानि

वर्षा यामको दिन

स्यालको बिहे ।

 

लक्ष्मीपुर-५, नमुनाबस्ती, ईलाम

हाल ः पेनाङ, मलेसिया ।

 


Tags : केही - हाइकुहरु

सालाम - राई बान्तावा भाषाको कविता )

 

बुङ्वाखा
-जीतमान राई "सबिन"
अक्ता 
बुङ्वा खालोङ्सा 
एन्सा खादा युङ्
खादा बात्
मोको अठङ् ङे लोम्
बुुुङ्वाखा । 
थोम्पाबुङ्, 
लेम्चङ्बुङ्,
आम्लाबुङ्
खोन्कि 
बद्धे-बद्धे
बुङ्वा चि
मयुङ् 
खोचि ओ 
नङा रङ्सा
मोको अठङ् ङे लोम 
बुङ्वाखा । 
बुङ्वाखा दा
बुङ्वाखा हुद्दा ओ
बुङ्वा चि दा 
आन्कान् मना चि दा
ह्वात्नि 
रिसा अयाक्निन्
लोभा अयाक्निन्
मोदा, 
इङ्का अढियोङ्
खाना चित्को नि ओ
अयाक्निन्
मोन्कि ङे 
बुङ्वाखा 
अदोङ्-अदोङ्
खान्नु ओ याक्
झाराक् चि ओ 
अचो नङा नु ।
अदोङ्-अदोङ्
बेन् ता
बुङ्वा चि छाङ्
बात्याङ्सा मधा
बात्याङ्सा धायाङ्सा 
बुङ्वा, 
बुङ्वाखा चोङ्याङ्सा खात्
खोन्कि ङे 
खान्नु ओ याक्
आन्छेमा कात् ओ याक् 
मोको बुङ्वाखा ।।
लक्ष्मीपुर-५, नमुनाबस्ती, ईलाम
आइमित- निहाङहोन्ला, मलेशिया

बुङ्वाखा

-जीतमान राई "सबिन"

अक्ता बुङ्वा

खा लोङ्सा एन्सा

खादा युङ्खादा

बात्मोको अठङ् ङे

लोम्बुुुङ्वाखा ।

 थोम्पाबुङ्, 

लेम्चङ्बुङ्,

आम्लाबुङ्खोन्कि 

बद्धे-बद्धेबुङ्वाचि

मयुङ् खोचि ओ 

नङा रङ्सामोको

अठङ् ङे लोम बुङ्वाखा ।

 बुङ्वाखा दाबुङ्वाखा हुद्दा

ओबुङ्वा चि दा आन्कान्

मना चि दाह्वात्नि रिसा

अयाक्निन्लोभा अयाक्निन्मोदा,

 इङ्का अढियोङ्खाना चित्को नि

ओअयाक्निन्मोन्कि ङे

 बुङ्वाखा अदोङ्-अदोङ्खान्नु

ओ याक्झाराक् चि ओ 

अचो नङा नु ।अदोङ्-अदोङ्बेन्

ताबुङ्वा चि छाङ्बात्याङ्सा

मधाबात्याङ्सा धायाङ्सा बुङ्वा, 

बुङ्वाखा चोङ्याङ्सा खात्खोन्कि

ङे खान्नु ओ याक्आन्छेमा कात्

ओ याक् मोको बुङ्वाखा ।।

 

लक्ष्मीपुर-५, नमुनाबस्ती, ईलाम

आइमित- निहाङहोन्ला, मलेशिया



 


Related posts :
राई कविता

Tags : सालाम - राई - बान्तावा - भाषाको - कविता

घामको पर्दा

शर्मिला खडका (दाहाल)

घामको पर्दा च्यातेर जब
दिनले जब नयाँ किरण देखाउन आइपुग्छ
म आफैभित्र तिम्रो बिम्ब खोज्न आतुर हुन्छ,
सिसाझै टुक्रन्छन् तिम्रा स्मृतिबिम्बहरू 
छरपस्ट भएका ती बिम्बहरुबाट 
जब म तिमीलाई समेटन खोज्छु
त्यसैबेला आकाशले बादल लागेको 
धोषणा गरिसकेको हुन्छ 

जीवनको रङ्ग समेटेर जब
कुची मेरो क्यानभास सजाउन आइपुग्छ
म आफैभित्र तिम्रो जीवनको रङ्ग
अघोलित भएको पाउँछु
कोर्दाकार्दै तिम्रो आकृतिविहीन तस्वीर
मलाई नै प्रश्न गर्छन्
के त्यो क्षितिजमा रङ्ग तिमी भर्न सक्छौ ?
के हावालाई आकार तिमी दिन सक्छौ ?
म निरुत्तर तिम्रा प्रश्नहरूलाई आकार र रङ्ग
दिन असफल प्रयास गरिरहेको हुन्छु
तिम्रो बौद्धिकतामा कोसेढुगा थप्न 
ममा शक्ति नहोला
तिम्रो जीवनको रङ्ग नभेटिनुमा तिम्रा
गम्भीर प्रश्नहरूको दोष नहोला
तर पनि तिमी आफै नहुनुको प्रमाण 
म तिम्रो प्रश्नहरूमा खोजिरहेको हुन्छु

हिराको चमक चोरेर जब प्रकृति 
मेरो जीवन शिृगार्न आइपुग्छ 
म अविश्वासको पहाडमा सिसिफस बनेर 
हजारौपटक आरोहरण गरेको 
असफल कथाको तान्द्रो बटुलेर 
जीवनको बिछ्यौना बुनिरहेको हुन्छु 
सपना निदाएको त्यो बिछ्यौनाबाट 
जब तिमी मलाई ब्युझाउँछौ
हिराको चमकले तिरमिराएका मेरा आँखाहरूले 
न त रङ्ग देख्नसक्छ, न त आकार देख्नसक्छ 
न त तिम्रो आकारविहीन छायाँले लुकामारी गरेको देख्न सक्छ 
जब तिमीलाई भेट्न म असफल प्रयास गरिरहेको हुन्छु 
तब तिम्रो र मेरो जीवनको यो अनौठो खेल 
कतै नखेलिएको उद्धोषण समयले गरिसकेको हुन्छ ।


Tags : घामको - पर्दा

              Older Posts

Next page - Random page - Previous page

              Blog Labels

केहि - घामको - राई - कविता - ढाल्नुछ - सालाम - भाषाको - मुक्तक - बान्तावा - आपोकालिप्सिस - केही - रुवाईहरु - पर्दा - गजल - लिम्बु - moment - life - गीत - एउटा - हाइकुहरु
blog en dedi 28 panel a-z